logo

बेलायतमा नेपाली इण्टिग्रेशन: सामाजिक पूँजीको सन्दर्भ

- डा. कृष्ण अधिकारी

अवधारणा: नेपालमा समाजिक कार्यलाई अँग्रेजीमा बुझाउदा सोसल वर्क र समाजसेवीलाई सोसल वर्कर भनेर बुझाउने चलन छ । तर अंग्रेजीमा सोसलवर्कको मतलव अर्कै हुन्छ । नेपाली सोसलवर्कको अर्थ अंग्रेजी भोलेण्टेरीवर्क सँग मिल्न जान्छ किनकी यी दुवै कामहरु बिना पैसामा सेवाको भावनाले प्रेरित भएर गरिन्छ । केही दशक यता चर्चामा आएको सोसल क्यापिटलको पनि ठ्याक्कै मिल्ने नेपाली शब्दावली छैन् । तर यसलाई शाब्दिक रुपमा सामाजिक पूँजी भन्न सकिन्छ । यसर्थ सामाजिक पूँजी नेपालीमा एक नौलो बिचारको आगमन जस्तो देखिए पनि आफैंमा नौलो कुरा भने होइन किनकी यहाँ भनिएको त्यही सामाजिक कार्य वा भोलेण्टेरीवर्क नै सामाजिक पूँजीको मुख्य आधार हो ।सामाजिक अन्तरसम्बन्ध पनि उत्पादनमूलक हुन सक्छन । एकापसको समन्वय एवं सरसहयोगबाट ठूल्ठूला कुराहरु उत्पादन हुन सक्छन । त्यसकारण सामाजिक पूँजी परस्परको सम्बन्धमा आधारित हुन्छ । अध्ययनहरुले गैह्रआर्थिक कुराहरुबाट पनि ठूला आर्थिक नतिजाहरु निस्कन सक्छन भन्ने देखाएका छन । यस्ता सम्बन्धको कृयाशीलताबाट पैदा हुने सामाजिक पूँजीको निर्माणमा मूलत दुई किसिमका तत्व वा आधारशीलाले काम गरेका हुन्छन । पहिलो सामाजिक सम्बन्धहरुलाई एउटा साँगठानिक संरचनाले अढ्याएको हुन्छ । यस्ता संरचनाहरुमा (जस्तै परीवार, सामुदायिक संगठन, नेटवर्क, पेशागत समुह), व्यक्त वा अव्यक्त रुपमा परस्परको भूमिका तथा जिम्मेवारीहरु ब्यवस्थित गरिएका हुन्छन । त्यसैगरी अदृश्य तत्वहरु जस्तो स्थापित विश्वास, चलिआएका सामाजिक एवं सँस्कृतिक मान्यताहरु, सामाजिक कार्यवाही जस्ता अन्तर्निहित तत्वहरुले सम्बन्धलाई संचालन गरिरहेका हुन्छन । सामाजिक पूँजीलाई तीन तहमा हेर्न सकिन्छ क) आन्तिरिक घनिष्ट सम्बन्ध (Bonding) ख) समानान्तर पुलीय सम्बन्ध (Bridging) र ग) बाह्य ठाडो (जोडने) सम्बन्ध (Linking) । यहाँ पहिलो सम्बन्ध आन्तरिक प्रकृतिको हुन्छ र यो कुनै निश्चित नजिकको नाता, पेशा, जात आदिले जस्ता घनिष्ट कुराले बाधिएको हुन्छ । दोश्रोले आफुजस्तै समानस्तरका ९जयचष्शयलतब०ि संस्था वा समुदायबीचको सम्बन्धलाई जनाउछ । यो सम्बन्ध  घनिष्ट नाताले नबाँधिएको र कमजोर तर महत्वपूर्ण हुने हुँदा समानस्तरका संस्थाहरुको बीचमा पुलको सम्बन्ध निर्माण गर्नु पर्ने हुन्छ । यसकारण यस लेखमा समानन्तर पुलीय सम्बन्ध भनिएको छ । नेपालीहरु बीचको विविधतालाई मध्यनजर राख्दा पुलीय सम्बन्धलाई पनि आन्तिरक र बाह्य गरी बाँडेर हेर्नुपर्ने हुन्छ ः नेपाली नेपाली बीचको, र नेपाली र गैह्र नेपाली बीचको । त्यसैगरी तेश्रोले असमान स्तरमा प्राय पहुँच बाहिरका, शक्तिको हिसावले धेरै माथि रहेका संस्थाहरु जस्तो केन्द्रिय सरकार, स्थानीय सरकार आदि सँगको सम्बन्धलाई जनाउछ । यहाँ सम्बन्ध ठाडो (Vertical) हुने भएकाले जोडनु पर्ने हुन्छ। कमजोर नाता भएको यो सम्बन्ध अति महत्वपूर्ण हुन्छ । (थप उदाहरणको लागि तालिका नं १ हेर्नुहोस्)। सामाजिक पूँजीको प्रमुख चरित्र मानवीय सम्बन्ध (relations) भएकोले बेलायतमा नेपालीहरुको इण्टिग्रेशनको मुद्धालाई सामाजिक पूँजीको दृष्टिकोणबाट बिश्लेषण गर्न सकिन्छ । यी दुइको नाता अन्योन्याश्रित र परिपुरक चरित्रको हने हुँदा यिनिहरु बीचमा सर्कुलर इफेक्ट (एउटाको वृद्धिको नतिजास्वरुप अर्को बढने) देखिन्छ । यस लेखमा दुवैलाई जोडेर प्रस्तुत गर्ने जर्मको गरिएको छ ।

सामाजिक पूँजीको बिचार आदर्शमय, भावनात्मक र रोमाञ्चक छ । यहि कारणले गर्दा यो के हो र कसरी नाप्न सकिन्छ भन्ने विषयमा गहिरा विवादहरु छन । यो लेखको उद्धेश्य यी सैद्धान्तिक विषयमा छलफल गर्नु हैन । यहाँ केवल छलफललाई व्यवस्थित बनाउन सजिलो होस भनेर यसलाई उपयोगी विषयका रुपमा चर्चा गरिएको हो । 

परिभाषाको हिसावले इण्टिग्रेशन पनि आफैंमा समस्यामूलक पदावली हो । यसलाई सकारात्मक, नकारात्मक वा तटस्थ विषयका रुपमा पनि लिने गरिन्छ । एक अर्थमा यसले स–साना जनजातीय समूहहरुलाई मूलबासीहरुसँग बिलय गर्ने नीति (Assimilation) लाई पनि इगिंत गर्छ जसमा अल्पसंख्यक जनजातीहरुले मूलधारका मूल्य, मान्यता, सँस्कृति र पहिचानलाइ अगाल्नु पर्ने हुन्छ । तर सकारात्मक हिसावले सामाजिक इण्टिग्रेशनलाई एउटा समावेशी (Inclusive) पद्धतिको रुपमा पनि हेर्न सकिन्छ । यसलाई समान अवसर तथा अधिकार प्राप्तिको समावेशी लक्ष्यको रुपमा लिन सकिन्छ जसमा समाजका सवै तहमा सहिष्णुतापूर्वक अन्तरक्रिया र सर्मथन (सोलिडारिटी) बिद्यमान हुन्छ । हुन त बेलायत लगायत पश्चिमा मूलुकहरुमा खासगरी १९७० को दशक पछि एकापसको फरक पहिचान जोगाएर आपसी सहिष्णुता एवं समाजिक सहमति कायम गरी त्यसबाट ठूलो फाइदा श्रृजना गर्न सकिने मान्यता राख्दै बहुलसँस्कृतिबाद (Multiculturalism)  का नीतिहरु पनि प्रवद्र्धन नभएका भने होइनन् । तर मूलधारबाट कहिलेकाही बहुलसँस्कृतिलाई सामाजिक इण्टिग्रेशन को प्रतिपक्षी बिचारको रुपमा प्रस्तुत गर्दै यसबाट सिँगो राष्ट्र र राष्ट्रिय संस्थाहरुमा अपन्त्वको कमी हुने, आपसी अविस्वास कायम रहने र अभैm पछिल्लो समयमा देखिएका आतंककारीका कृयाकलापलाई यस्तो एकिकरण नभएको समाजबाट बढावा पुगेको भन्ने गरिएकोे छ । पछिल्लो समयमा बेलायतको लेवरपार्टीको सरकारले सामुदायिक मिलाप (Social Cohesion) को विचारलाई पनि कार्यान्वयनमा ल्याएको थियो । 

यी सैद्धान्तिक र केही हदसम्म बढाइ चढाइ गरिएका मुद्धाहरुलाई थाती राखेर हाम्रो जनजिब्रोको भाषामा हामीले भन्दै आएको इन्टिग्रेशनलाई हेर्ने हो भने यसले हामी कति हदसम्म बेलायती समाजमा घुलमिल र अन्तरकृया गरिरहेका छौं, कुन हदसम्म यहाँका औपचारिक तथा अनौपचारिक संरचनाहरुमा पस्न सकेका छौं र कति हदसम्म आफ्नो हक अधिकार लिन सकेका छौं भन्ने कुराहरुलाई इङ्गित गर्दछ । यसलेखमा यही अर्थमा सोसल इण्टिग्रशनलाई लिइएको छ । माथिको सैद्धान्तिक चर्चा र भूमिकालाई जोडेर यहाँ बेलायतबासी नेपालीहरुको सन्दर्भमा सानो समीक्षा गर्ने जमर्को गरिएको छ । बाँकी आलेखलाई तीन भागमा बाडेर प्रस्तुत गरिएको छ  जनसंख्या र बिबिधता, इटिग्रेशनको स्थितीको बिश्लेषणर अन्त्य ।

बेलायतमा अल्पसंख्यक जनजाती  र नेपाली 


बेलायत गोरा जातिको अत्याधिक बाहुल्यता रहेको मूलुक हो । बिशेष गरी बीसौं शदाब्दीको उत्तराद्र्धमा यहाँ सँसारभरका बिभिन्न मूलका मानिसहरु बसाई सरे पछि यो मूलुक साँस्कृतिक रुपमा विविधतापूर्ण हुन गयो। सन २००१ को जनगणनाले देखाएअनुसार यहाँ गैह्र गोराजातिका मानिसको संख्या ४६ लाख भन्दा बढी छ जुन कूल जनसंख्याको आठ प्रतिशत हो । उक्त गैह्रगोरा जातिको ५० प्रतिशत एसीयन वा एसीयन ब्रिटिश छन (चित्र नं १ हेनुहोस्) जसमध्ये लगभग साढे १० लाख र साढे सातलाखको जनसँख्या भएका (क्रमश) इण्यिन र पाकिस्तानीहरु प्रथम र द्वित्तिय स्थानमा रहेका छन् । बंगलादेशीहरुको जनसंख्या पौने तीन लाखको हाराहारीमा छ । बाँकी झण्डै साढे दुईलाखलाई जातीय वर्ग नखुलाई एकै वर्गमा अन्य एसीयनको रुपमा गाभिएको  छ । यसै वर्गमा नेपाली मूलका मानिसहरु पनि गाभिएका छन ।

विगतमा बेलायतमा नेपालीहरुको खासै अध्ययन भएको थिएन । बेलायतको सन २००१ को जनगणना नै नेपालीहरुको पहिचान हुने गरी भएको पहिलो व्यवस्थित अध्ययन मान्न सकिन्छ । उक्त गणनाले इङ्गल्याण्ड र वेल्समा बस्ने नेपालीहरुको संख्या केवल ५,६३० र सँयुक्त अधिराज्य भरिमा कूल संख्या ५,९४५ मात्र  देखाएको थियो । यो तथ्यांकलाई मनन गर्दा नेपालीहरुको जनसंख्या वास्तविक भन्दा धेरै कम देखिएको भन्न सकिन्छ । यो गणनाले अल्पसंख्यक समुदायको पहिचान गरेको भएता पनि नेपाली जनसंख्या जन्मेको देशको आधारमा मात्र लिइएको थियो । सेन्टर फर नेपाल स्टडिज युकेले (सिएनएस युके) गैह्रआवासीय नेपाली संस्था युके (एनआरएनए युके) र अन्य विभिन्न सामुदायिक संगठन तथा महानुभावहरुको सहयोगमा सन् २००८ मा पहिलो पटक नेपालीहरुको व्यवस्थित अध्ययन गरेको थियो। यो अध्ययनले बेलायतबासी नेपालीहरुको जनसंख्या पत्ता लगाउनुका साथै विविध सामाजिक एवं आर्थिक विवरणहरु पनि निकालेको थियो । उक्त सर्वेक्षणले सन २००८ को अन्त्यसम्ममा बेलायतमा बसोबास गर्ने नेपालीहरुको संख्या ७२,१७३ भएको देखाएको थियो । होम अफिसको तथ्यांकअनुसार सन २००९ मा थप २२,५१५ (बिएनओ हङकङ बाहेक) नेपालीलाई प्रवेशाज्ञा दिइएको थियो । सन २०१० मा सन् १९९७ अगाडि सेवानिवृत ब्रिटिश गोर्खा परिवारलाई अदालती प्रक्रियाबाट बसोबासको अधिकारको प्रत्याभूति भए पछि आएका नेपाली र ठूलो संख्यामा थपिएका बिद्यार्थीहरुलाई मनन् गर्दा कूल जनसंख्या एक लाख नाघेको हुन सक्ने अनुमान गर्न सकिन्छ । पछिल्लो बर्षहरुमा बेलायती अध्यागमनका बिभिन्न कार्यक्रमहरु अन्तर्गत शरणार्थी, उच्च दक्ष जनशक्ति आप्रवासी कार्यक्रमका सहभागी, ओर्कपर्मिट होल्डर, बिद्यार्थी तथा हङकङका बिएनओहरुको उपस्थिति पनि उल्लेख्य रहेको पाइन्छ । 

अध्ययनले देखाए अनुसार बेलायतमा १७ भन्दा बढी नेपाली जातजातीहरु बसोबास गर्छन जसमा प्रमुख ६ वटामा जनसंख्याको आधारमा क्रमशः निम्नानुसार छनः– गुरुङ, बाहुन क्षेत्री (सँयुक्तरुपमा), मगर, राई, लिम्बु र नेवार । त्यस पछिका उल्लेख्य जनसंख्या हुने जातजातीमा थकाली, तामाङ, शेर्पा, सृजनशील (दलित सँयुक्तरुपमा) र सुनुवार पर्न आउछन। बाँकी सानो संख्यामा भएका समूहहमा मधेशी (सँयुक्तरुपमा), मुसलमान, दुरा र देवान रहेका छन ।   
 



यो अध्ययनले बेलायतबासी नेपालीहरुको धार्मिक विविधता भएको र कतिपयले एकभन्दा बढी धर्ममा बिस्वास राख्ने र अभ्यास गर्ने देखाएको छ । (चित्र नं. २ हेर्नुहोस्) । कूल उत्तरदातामा सवैभन्दा बढी (४२%) हिन्दू धर्म मान्दछन । बेलायतमा बस्ने नेपालीहरुले मान्दै आएको दाश्रो ठूलो धर्ममा बौद्ध धर्म (२९%) र तेश्रोमा किराँत धर्म (१०%) पर्दछन । प्रत्येक छ जनामा एक जना भन्दा बढीले एक भन्दा बढी धर्ममा बिस्वास गर्दछन । कूलको ९% ले हिन्दु र बौद्ध दुवै मान्ने बताए भने ५% ले किराँत र हिन्दु दुवै र २.३ % ले किरात र बौद्ध दुवै धर्म मान्ने बताएका छन् । नेपालीहरुले बेलायतमा अपनाउदै आएका अन्य धर्ममा ईसाई (२.२%), इस्लाम (०.२%) र जैन (०.१%) छन् । २००१ को बेलायतको जनगणनाले नेपालमा जन्मी बेलायतमा बस्नेमा अति थोरै संख्यामा शिख र यहूदी पनि देखाएको थियो ।  

नेपाल भौगोलिक हिसावले सानो भएता पनि यो भौगोलिक, प्राकृतिक, सामाजिक, साँस्कृतिक आदि हिसावले अति नै बिबिधता भएको देश हो । यो विविधता बेलायतमा बस्ने नेपालीहरुमा पनि यथावत रहेको छ भन्ने कुरा माथिको जातीय तथा धार्मिक तथ्यांकहरुले देखाउछ  (चित्र नं. २ हेर्नुहोस।)
 

इण्टिग्रेशन स्थितीको विश्लेषण  

 

आन्तरिक बिबिधतालाई पनि मध्य नजर गर्दै बेलायतमा नेपालीहरुको इण्टिग्रशनलाई आन्तरिक र मूलधार गरी दुई भागमा हेर्नु पर्ने हुन्छ । पहिलोमा आन्तरिक घनिष्टता र समानान्तर पुलीय र दोश्रोमा बाह्य समानान्तर पुलीय र ठाडो जोडने सम्बन्धको स्थापना र परिचालन संलग्न हुन्छन । बेलायतमा नेपालीहरुलाई एकापसमा गास्न र आपसी सरसहयोग एवं आदानप्रदान गर्न विभिन्न खाले औपचारिक एवं अनौपचारिक संजालहरुले माध्यमको काम गरिरहेका छन् । यस्ता संजालहरुको संख्यामा निरन्तर वृद्धि भइरहेको छ । यिनको संख्या एकिन हुन नसके पनि सिएनएस युकेको बेलायतबासी नेपालीहरुको टेलीफोन डाइरेक्टरी  २०१० मा समेटिएका ९२ वटा संघसंस्थाहरु (इकाईहरुलाई छाडेर) हेर्दा जम्मा आठ किसिमका भेटिएका छन (चित्र नं. ३ हेनुहोेस्)। बर्षमा कम्तिमा एकपटक भेला भएर दुखसुख आदनप्रदान गर्दै नयाँ साइनो गास्ने वा पुराना साइनोलार्ई जोगाउने प्रथाहरु (जस्तै नम्बरी भेला) लाई मध्य नजर गर्ने हो भने नेपाली सामुदायिक समूहको संख्या लगभग ४०० जति भएको अनुमान लगाउन सकिन्छ । यस्ता संजालहरुमा हुने निरन्तर अन्तर्कृया र समन्वयले नेपाली बीचको आपसी समझदारी, विश्वास, सरसहयोग र सामुहिक हितलाई अभिवृद्धि गर्दै सामूहिक समस्याको निदान र आफ्नो धार्मिक एवं साँस्कृतिक आस्थाको संरक्षणमा ठूलो भूमिका खेलिरहेका छन । नेपालीहरुका सामुहिक कृयाकलापहरु यति घना छन कि, कैयौं व्यक्तिहरु सिंगो समर (ग्रिस्म काल) भरी कुनै सप्ताहन्त पनि खाली बसेका पाइदैनन। यस अर्थमा नेपालीहरु बेलायतमा गतिशील नागरिक सुचक्रको निर्माणमा योगदान गरिरहेका छन । इण्टिग्रेशनको दृष्टिकोणबाट कतिपय अवस्थामा बिद्यमान संजालहरु अन्तर्निहित सीमा र यसबाट व्यापक समाजमा निशृत हुने अनपेक्षित असरबाट मुक्त भने छैनन, जसलाई पछि चर्चा गरिने छ ।

नेपालीहरु बीच बिभिन्न स्तरमा समन्वय र सहभागिताबाट ठूल्ठूला कार्यहरु सम्पन्न भएका र त्यसबाट आन्तरिक र बाह्य इण्टिग्रशनमा टेवा पुगेका थुप्रै उदाहरणहरु छन । यस्ता सकारात्मक केही उदाहरणमा लण्डन मेला २०१०, म्यानचेष्टर ग्रिष्मकालिन मेगा मेला, दर्जनांै फुटबल कप प्रतियोगिताहरु, एनआरएनएको सष्ट्रालाई सम्मान कार्यक्रम, विभिन्न क्षेत्रगत संघसंस्थाका नेपाली साँस्कृतिक लगायतका कार्यक्रमहरु पर्दछन । नेपालीहरु बिस्तारै स्थानीय राजनीतिमा भाग लिदै आफ्नो मताधिकारको सदुपयोग गर्ने, पार्टी सदस्यता लिने, चुनावमा उमेदवारी दिइ प्रजातान्त्रिक प्रकृयामा सामेल हुने र एकाधले त स्थानीय काउसिलरको रुपमा निर्वाचित भएर दोहोरो समुदायको सम्बन्धलाई जोडदै पनि आएका छन । फाट्टफुट्ट विद्यालय गर्भनर, नेवरहुड वाच गु्रपको सदस्य, गोराहरुसँग स्थानीय च्यारिटीका ट्रष्टी हुने आदी जस्ता कार्यहरुको थालनी भएको छ । सिएनएस युकेको अध्ययनले अधिकांश नेपालीको घरमा इण्टरनेट भएको र धेरैले अंग्रेजी माध्यमका टिभी कार्यक्रमहरु हेर्ने गरेको देखाएको छ । नेपाली प्रिन्ट मिडियाको पनि विकास हुदै हाल ४ वटा साप्ताहिक नेपाली पत्रिका र कयौं अनलाइन न्युज पोर्टलहरुले नेपालीहरुलाई आन्तरिक समाचार र सूचना प्रवाह गरीरहेका छन । यहाँ सवै कुराहरुलाई नछुटाउने भन्दा पनि कसरी विभिन्न खाले आन्तिरक र बाह्य सम्बन्धका आधारमा सामाजिक पूँजीको सृजना वा परिचालन गरी उपलब्धी हासील गरिए भन्ने दर्शाउन निम्न थप तीन उल्लिखनीय उदाहरणहरु प्रस्तुत गरिएको छ ः पहिलो, हालैको नेपाली मेला, दाश्रो बेलायत स्थित नेपाली अल्पसंख्यक समुदायको २००८ को जनगणना, र तेश्रो गत बर्ष भएको गोर्खाली न्याय र समानताको अभियान ।

नेपाली मेला नेपाल राजदुताबासको नेतृत्वमा र ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स र एनआरएनए युकेको सहकार्यमा नेपाल फेअर २००८ को रुपमा शुरुवात भएको थियो । यो आफैंमा राम्रो थालनी भएर पनि आशातित सफलता नभएको गुनासो आयो । त्यसपछि बिगत २ बर्षदेखि तमुधीँ युकेको आयोजनामा अरु संघसंस्थाहरुसँग समन्वय गरी सहभागीता जुटाउदै नेपली मेला संचालन भइरहेको छ । २००९ मा गोर्खा फेइटको रुपमा र २०१० मा दायरा बढाउदै नेपाली मेलाको रुपमा कार्यक्रम संचालन गरियो । आयोजकहरुले मेला मार्फत आन्तरिक र बेलायती समाजसँग इण्टिग्रेशनलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेका थिए । लगभग ४,००० ब्यक्तिले भ्रमण गरेका र १९ वटा बेलायत स्थित नेपाली संघसंस्थाहरुले ¥याली सहित भाग लिएको २०१० को कार्यक्रममा आन्तरिक सामाजिक पूँजीको व्यापकरुपमा परिचालन गर्न सकेको देखिन्छ । कार्यक्रममा एकैसाथ बिभिन्न सास्कृतिक विविधताको प्रदर्शन गरी सिँगो नेपाली गरिमालाई उचो पार्न जोड दिइएको थियो । एउटा जातीय संस्था आपूm आयोजकको रुपमा र अरु समानस्तरका संस्था र तिनका सदस्यहरुको सहयोग र सहभागीता जुटाउनु आफैंमा कम चुनौतीपूर्ण होइन । नेपाली मेलालाइ आगामी दिनमा अघि बढाउन उपलब्ध सवै खाले सामाजिक पूँजीको परिचालन आवश्यक भएको पर्यवक्षकहरु बताउछन् । खास गरी नेपाली मेलामा गैह्र नेपालीहरुको उपस्थिती व्यापकरुपमा बढाउन र यस्ता मेलालाई नेपाली समाजलाई बेलायती समाज र सरकारसँग जोडने मञ्चको रुपमा विकास गर्ने ठाउँ रहेको महसुश गरिएको छ । प्राप्त उपलब्धीको रक्षा गर्दै नेपाली अर्थलाई अझ उजागर गर्न उचित प्रतिनिधित्व मिलाउन सके आयोजकीय भार बाँडिने, अपनत्वमा वृद्धि हुने, विविधता (जस्तै सेमिनारहरु) बढने र कार्यक्रम दिगो हुने देखिन्छ ।

दोश्रो, यस लेखमा माथि उल्लेख गरिएको सिएनएस युकेको प्राविधिक नेतृत्व तथा एनआरएनए युकेको सहकार्यमा भएको नेपालीहरुको जनगणना २००८ आमरुपमा सामुदायिक संघसंस्था र जनपरिचालन गर्न सफल रह्यो । दुइसय भन्दा बढी स्वयंसेवी तथा चन्दादाता सहभागी भएको यो नेपालीको बारेमा नेपालीद्वारा नेपालीकै लागिसम्पन्न भएको एउटा ठूलो कार्यक्रम थियो । बिना आर्थिक श्रोत थालनी गरिएको कार्यक्रममा सर्वसाधारण नेपालीहरु तथा उनीहरु आवद्ध संघसंस्थाहरुबाट तथ्यांक मात्र मिलेन, आर्थिक, भौतिक र मनोबैज्ञानिक सहयोग पनि प्राप्त भयो । सामुदायिक संगठनका संजालहरुसँग हातेमाले गर्ने नीति अवलम्बन गर्दै राष्ट्रिय र स्थानीय स्तरका नेपाली संघसंस्था तथा समाजसेवी माहनुभावहरुसँग साझेदारीको सफल अभियान चलाइयो । एनआरएनए युके मार्फत र सिधै विभिन्न संघसस्था र व्यक्तिहरुबाट आर्थिक सहयोग जुटाइयो । ३,१४,४४७ पाउण्ड लागत भएको सो कार्यक्रममा लगभग साढे सोह्र हजार बरावरको नगद रकम उठयो भने बाँकी सवै कामहरु स्वयंसेवाबाट सम्पन्न भए । यो कार्यक्रमले नेपालीहरुलाई आफ्नो बारेको ज्ञान प्रर्वद्धन तथा नेपाली समूह निर्माणको आधारशीला हुने अपेक्षाले उत्प्रेरित मात्र गरेन परस्परको समन्वयलाई पनि अभिवृद्धि ग¥यो ।

तेश्रो, गोर्खा आन्दोलनले गत बर्ष बेलायतमा बिशिष्ट उत्कर्ष र उपलब्धी हासिल ग¥यो । गेसोको अगुवाइ तथा विभिन्न भूपु गोर्खा संगठनहरुको छुट्टाछुट्टै प्रयास र सहभागिता भएको कानूनी र राजनीतिक आन्दोलनमा सवै तह र स्तरमा समन्वय भएको थियो । निरन्तर संगठित आन्तरिक अभियान, गोर्खाहरुको बलिदानले सिर्जेको प्रशिद्धिले आर्जेका आफ्न्तहरु (बेलायती गोरा समुदाय समेत) र खास गरी जोअना लुम्लेलगायतका सेलिब्रिटी र विभिन्न राजनीतिक संरचनाहरु सँग स्थापित उच्चस्तरीय सम्बन्ध र सहयोगले आन्दोलनलाई र उत्कर्षमा पु¥यायो । यहाँका कयौ नाम कहलाएका पत्रपत्रिकाले गोर्खा न्यायको अभियानको खुलेर सर्मथन गरे । लज्जापद भेदभाव र सरकारको अनुदार नीतिको विरुद्ध बेलायती जनताको मन जितेर सिगों नेपाली संस्थापनको कमजोर कुटनीतिले कहिल्यै गर्न नसक्ने काम गोर्खाहरुले गरेर देखाई दिए । अदालतलाई समेत अन्याय भएकै हो भन्नेमा राम्रोसँग बुझाउन अभियानकर्ताहरु सफल भए । यस्तो सफलता हात लाग्यो कि दशकौं बर्षहरुमा पहिलो पटक बेलायतको इतिहासमा नै प्रधानमन्त्रीको संसद (हाउस अफ कमन्स) मा लज्जास्पद पराजय भयो । यो जितले बेलायतमा बसेका के गार्खाली के गैह्रगोर्खाली, सबै नेपालीलाइ गौरवान्वित बनायो ।  सवै  किसिमका स्थापित संबन्धहरु (जस्तो आन्तरिक घनिष्ट तथा समानान्तर, तथा बाह्य समानान्तर र ठाडो) बाट सृजित श्रोतहरुको भरपुर उपयोग भएको यो एउटा अविष्मरणीय इतिहास हुन पुग्यो ।

यी माथिका तीन उदारहणमा पहिलोमा स्थानीय आन्तरिक घनिष्ट संबन्धको ब्यापक परिचालन र समानान्तर सम्बन्धको उपयोग गर्दै कार्य सम्पन्न भएको छ । यसकार्यले केही हदसम्म नेपालीहरुका बीचमा सकारात्मक सोचको सृजना र आन्तरिक इन्टिग्रेशनलाई बढावा दिएको छ । दोश्रोमा उपलब्ध सवै स्तरका घनिष्ट र समानान्तर अन्तरसम्बन्धबाट कार्य संभव भएको छ । सामुहिक उद्देस्यका लागि सवै वर्ग र क्षेत्रका नेपालीहरुको सहभागिता भएको यो कार्यक्रममा ब्यैक्तिक निजी सुचनाहरुको प्रदान गरेर आपसी विश्वास प्रस्तुत मात्र भएन यो आफैंमा स्थानीय शक्तिकरणको माध्यम हुन पुग्यो । तेश्रोमा अझ बृहद, शक्तिशाली सम्बन्धहरुको परिचालन भएको छ । गोर्खालीहरु बेलायती समाजका भार नभएर वरु सम्पत्ति भएको कुरा मूलधारलाई आश्वस्त पार्न सफल भए । आफ्नो अधिकारको केही हदसम्म प्रत्याभुति गराएर सही अर्थमा बृहद समाजसँग नेपाली इण्टिग्रेशन बढन गएको छ ।

माथि प्रस्तुत सामाजिक पूँजी परिचालन तथा इण्टिग्रेशनका केही सफलताका बाबजुद नेपालीहरुको सामाजिक एकिकरण खास गरी २ किसिमका समस्याहरुका कारण मन्द गतिमा भईरहेको छ । पहिलो समस्या आन्तरिक हो ।

आन्तरिक मध्य एक नेपाली संघसंस्था र समुदायको गतिशीलता सँग सम्बन्धित छ । सदस्यताको सीमित तर घनिष्ट दायराका आधारमा चलेका संस्थाहरु उच्च अपनत्व र जनसहभागिताको कारण बलिया शशक्त छन जवकी सारा नेपालीलाई सरोकार राख्ने प्रकृतिका संगठनहरुमा केही लाई छाडेर अपनत्व र सहभागिताको कमीका कारण  कमजोर छन। यस अर्थमा नेपाली समाजमा आन्तरिक इन्टिग्रेशन चाहे जस्तो हुन सकेको छैन । अन्तराष्ट्रिय रुपमा नै सदस्यताको साघुरोे सीमाको घनिष्टतामा बाधिएका जातीय, क्षेत्रीय, पेशागत वा राजनीति समूहहरु स्वभाविक रुपले हामी र अर्का भन्ने भावनात्मक सेरोफेरोमा रुमलिएर भित्रीया र बाहिरियाको बहिस्कृत चरित्र बोकेका पाइन्छन । यस्तो चरित्र आम समाजको इण्टिग्रेशनमा बाधक मात्र नभएर किन चाउरिस मरिच आफ्नै रागले भन्ने नेपाली उखान जस्तै आफ्नै सफलताले पीडित भएका पनि पाइन्छन । बन्द प्रकृतिका घनिष्टताको सम्बन्धमा चल्ने सँस्थाका भित्रीय समस्याहरुको चर्चा यो लेखको क्षेत्र भन्दा बाहिरको कुरा हो । यहाँ समुदायहरु बीचको इण्टिग्रशनको केही चर्चा गरौं ।

माथि चित्र नं. ३ मा प्रस्तुत नेपाली सामुदायिक संस्थाहरुमा सामाजिक पूँजीको दायरालाइ हेर्र्दा परस्परको समन्वय र इण्टिग्रेशनका अवस्थालाई सैद्धान्तिकरुपमा बिभिन्न चार स्तरमा बाडन सकिन्छ (तालिका नं. हेर्नुहोस्¬) । यस लेखको शुरुमा नै गरिएको व्याख्याअनुसार अधिकांश नेपाली संघसंस्थाहरु साघुरो दायरा वा घनिष्ट नातामा आधारित छन । जातीयतामा आधारित संघसंस्थाहरु (जुन सवैभन्दा बढी, हरेक चारमा मा एक संख्यामा छन) यही समूहमा पर्न आउछन । यिनीहरु परस्परकोे व्यैक्तिक वा सामुहिक हितका लागि सघन आदनप्रदान गरिरहेका हुन्छन तर स्वभाविक रुपले अन्य नेपाली समुदायसँग तुलनात्मक हिसावले कमै मात्रामा अन्तरकृया गरिरहेका हुन्छन । नेपालमा भैरहेको जातीय उत्थान र पहिचान आन्दोलनको यहाँ गहिरो छाप परेको पाइन्छ । यति सम्म कि समग्र नेपालीलाई समेटने वा राष्ट्रिय संघसंस्थाहरुमा कम सहभागिता र तीनका कार्यक्रमहरु प्राय फितलो हुने गरेको पाइन्छ । बेलायतका स्थानीय क्षेत्रगत रुपमा चलाइएका संघसंस्थाहरु सवैलाई समेटदै तुलनात्मक हिसावले राम्रै चलेको पाइएको छ । उदाहरणको लागि रेडिङ नेपाली समाज, बेजिङ्गस्टक नेपाली समाज आदि । तर कयौं यस्ता संस्थाहरु जातीय, पेशागत, राजनीतिक, पदीय आदी विवाद; र पकट जमाउनेको खतरामा गुज्रिरहेका हुन्छन । उदाहरणको लागि अक्स्फोर्डमा संस्था फुटेर २ वटा बनाइएका छन, उइनचेष्टरमा नेपालीहरुका गोर्खा र गैह्र गोर्खाका अलग समुहहरु छन, यति लण्डन राजनीति कलह र प्रकृयात्मक विबादमा जगटिएको छ, गेसो भर्खर दुई चिरा भएको छ, र कहिलेकाँही चुनावको समयमा एनआरएनको सदस्यता विस्तार र पकड जमाउने शैलीे घुमाउरो खेलमा फस्ने गरेको सुन्न पाईन्छ ।

नेपालबाट बाहिर आएपछि सवैभन्दा पहिला हामी सवै एकै जाति नेपाली हुनुपर्छ अनि मात्र अरु भनेर बेलाबेलामा धेरै हद सम्म गुनासाहरु सुनिए पनि नेपाली  चाहीँ दोश्रो स्थानमा पर्न आएको देखिन्छ । जातीय समुदायको आफ्नो सँस्कृति रक्षामा ठूलो भूमिका छ र त्यहीँ सँस्कृतिको रक्षाले हामी नेपालीलाई धनी बनाउछ । तर संस्थाहरुलाई परिवर्तित समय र अवस्थालाई ध्यानमा राखेर एकअर्कामा सम्मान सिकाउने अवसरको रुपमा प्रयोग गर्नुपदर्छ । आफ्ना संस्थाहरुलाई एकलकाटे, बन्द र अप्रजातान्त्रिक राख्दा परस्परको ज्ञान र आदनप्रदानको कमीले आपसी विस्वास र सदभावको विकास हुन नपाउने एवं नकारात्मक प्रतिस्पर्धा विकास हुने मात्र होइन अन्तत्वगत्वा अप्रत्यासित रुपमा व्यक्तिगत वा सामूहिक स्तरमा समेत अरु प्रति व्यक्त वा अव्यक्तरुपमा द्धैष र घृणाको बिजारोपण गर्ने मञ्चको रुपमा विकास हुने खतरा पनि रहन्छ । नेपाली समाजभित्र पनि अपवादका रुपमा यस्ता घटनाहरु सुन्नमा नआएका भने होइनन । यहाँ जातीय दुस्मनी वा नकारात्मक सम्बन्ध छ भन्ने हैन । तर कतिपय स्थान र अवस्थामा समूदाय स्तरमा परस्परको सहकार्य र समझदारी औसत भन्दा तल्लो स्तरमा छ ।
 



जातीय सँस्कृतिको बाबजुद धार्मिक हिसावले आफ्नो पहिचान बुझाउने र संरक्षण गर्ने काममा खासै प्रयास हुन नसकेको देखिन्छ । साई, क्रिस्चियन र ओशो समूहहरु नित्य भेला र अन्तकृर्या गरेका पाइन्छन भने अरुहरु चाडपर्व र विशेष अवसरमा बाहेक नित्य धार्मिक भेटघाट र ज्ञानको आदनप्रदान मा लागेको दैखिदैनन । कतिपय मान्छेहरु नेपाली धर्म संस्कृतिमाथि निरन्तर अतिक्रमण भईरहेको गुनासो गर्दछन । त्यसकारण इण्ट्रिग्रेशनमा सामाजिक विविधताको कसरी सुरक्षा गर्ने भन्ने जटिल प्रश्न खडा भएको छ ।

 गोर्खा र गैह्र गोर्खामा समन्वयको कमी छ । उनीहरु बीच एक अर्काप्रति घृणा र द्वेष त छैन तर आदान प्रदान र संचारको कमी चाहीँ बिद्यमान छ । यसमा अन्तर्निहित सकारात्मक पक्ष चाहीँ पेशाको हिसावले गोर्खा आफैमा विभिन्न जनजातीहरुको साझा  कडी  हो । बेलायतको कूल नेपाली जनसंख्याको आधा भन्दा बढी गोर्खा र उनका परिबारहरु छन । गोर्खा बिषयबस्तु सबैको प्यारो भए पनि यो सबैको समान सरोकारको बिषय हुन सकेको छैन । गोर्खा कार्यक्रमहरुमा गैह्र गोर्खाहरु समाबेश हुने वा गराउने चलन त्यत्तिको देखिदैैन । मुख्य रुपमा गोर्खाहरु, गोर्खा र जातीय संगठनहरुमा आबद्व छन। गोर्खालाई बेलायती मूल समाजले हेर्ने सहानुभूतिको उपयोग सारा नेपालीको लागि रुपान्तरण गर्न सकिएको छैन । कहिलेकाही गोर्खा पहिला कि नेपाली भन्ने बिषयमा अनावश्यक विवाद हुने गरेको पाइन्छ । सबै गोर्खा नेपाली हुन तर सबै नेपाली गोर्खा हैनन भन्ने कुरा गोर्खाभित्रका समाजसेबी बुद्दिजीबीहरुबाट पनि उठ्दै गरेपनि यो कुरा सबैलाई उत्तिकै बुझाउन नसकिएको देखिन्छ । गोर्खा एउटा पेशा हो भने नेपाली राष्ट्रियता हो । हामी नेपाली भएकै कारण गोर्खा भएको हो भन्ने कुरालाई जोड दिन आबश्यक छ । गोर्खाहरु मूलत ४ वटा संगठनमा विभाजित छन (गेसो, बिजिडब्लुयस, युबिजिएन र नेशो) । खास गरी शुरुका तीनवटा आआफ्नै हिसावले बढी सक्रीय देखिन्छन । गोर्खाहरु बीचको बिभाजनले आपसी आदनप्रदान नहुने (नेगेटिभ इण्टिगे्रशन) मात्र हैन फुटाउ र शासन गर भन्ने मन्त्रको आधारमा सरकारले यो कमजोरीको फाइदा उठाउदै एकापसमा लडाएर गोर्खा आन्दोलन कमजोर हुने चिन्ताहरु ब्याप्त देखिन्छन । यिनै आवाजहरुको फलस्वरुप गोर्खाहरुलाई ग्यारी घलेको नेतृत्वमा एउटा साझा मञ्चमा ल्याउने प्रयास नभएका होइनन, तर गोर्खाहरुको विभाजनको खाडल यति गहिरो छ कि यो यति सजिलै पुरिदैन । फलस्वस्प उक्त मञ्च नजन्मदै तुह्यो । दुखपूर्वक गोर्खा आन्दोलनलाई सफलतापूर्वक नेतृत्व गर्दै आइरहेको गेसो आन्दोलनबाट एक पछि अर्काे चोइटाहरु निस्किरहेका छन । संगठन भित्र परिदर्शिता नभएको र पैसाको हिनामिना भएको भनि नयाँ गेसो जन्माइएको छ र एकापसमा आरोप प्रत्यारोपको बर्षा भइरहेको छ । यति सम्मकी बेलायतमा दर्ताको हिसावले कुन गेसो बैधानिक हो भन्ने विवादहरु पनि सार्वजनिक भएका छन ।

नेपालमा समाजिक कार्यलाई अँग्रेजीमा बुझाउदा सोसल वर्क र समाजसेवीलाई सोसल वर्कर भनेर बुझाउने चलन छ । तर अंग्रेजीमा सोसलवर्कको मतलव अर्कै हुन्छ । नेपाली सोसलवर्कको अर्थ अंग्रेजी भोलेण्टेरीवर्क सँग मिल्न जान्छ किनकी यी दुवै कामहरु बिना पैसामा सेवाको भावनाले प्रेरित भएर गरिन्छ । केही दशक यता चर्चामा आएको सोसल क्यापिटलको पनि ठ्याक्कै मिल्ने नेपाली शब्दावली छैन् । तर यसलाई शाब्दिक रुपमा सामाजिक पूँजी भन्न सकिन्छ । यसर्थ सामाजिक पूँजी नेपालीमा एक नौलो बिचारको आगमन जस्तो देखिए पनि आफैंमा नौलो कुरा भने होइन किनकी यहाँ भनिएको त्यही सामाजिक कार्य वा भोलेण्टेरीवर्क नै सामाजिक पूँजीको मुख्य आधार हो ।

आन्तरीक (नेपाली समुदायसँग) संचारमा कमी देखिएका वा योगदान कम पुगेका क्षेत्रमा पेशागत संगठनहरु  पनि छन । जस्तो कि बेलायतमा तीन सय भन्दा बढी डाक्टरहरु छन । उनीहरको आफ्नो संस्था पनि छ । यो एक ठूलो र पुरानो संस्था हो । आम नेपालीको हिसाबले 'इलिट' हरुको समूहको रुपमा रहेको यो संस्था आम नेपाली सँग सम्पर्कमा रहेको देखिएको छैन् तर समन्वय भएमा सहयोग हुन सक्ने थुप्रै ठाउँहरु छन ।